नियम ८
जग्गाको स्वामित्व नेपाल सरकारमा सर्न-
१) नियम ७ बमोजिम निजी स्वामित्वको जग्गाको मुआव्जा निकासा भई आए पछि जलाधार संरक्षण अधिकृतले सम्बन्धित जग्गाधनीलाई निकासा भएको मुआव्जा बुझी लिनको लागि जनाउ दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको जनाउ जग्गाधनीलाई दिएपछि सो जग्गा नेपाल सरकारको स्वामित्वमा सर्नेछ ।